२०२२ मिस मंगोल उपाधि पासाङ शेर्पालाई

काठमाडाैं | पुस १२, २०७९

२०२२ मिस मंगोल उपाधि पासाङ शेर्पालाई

काठमाडौं:  ‘मिस मंगोल नेपाल २०२२’ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छ । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीय शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि हात पारेकी हुन् । ‘दोस्रो प्रयासमा मेरो सपना र मेहनत साकार भएको छ’, ताज पहिरिएपछि पासाङले भनिन् ।


प्रतियोगितामा कैलालीकी २५ वर्षीय दीपिका थापामगर फस्ट रनरअप घोषित भइन् भने, उनलाई पछ्याउँदै सोलुखुम्बुकी १८ वर्षीय डोल्मा छिरिङ शेर्पा मिस न्यु प्लास्टसहित सेकेन्ड रनरअप जित्न सफल भइन् । उनीहरूलाई गत वर्षका विजेता, फस्ट र सेकेन्ड रनरअप क्रमशः एप्रिला घिसिङ, प्रिया मादेन र विभिषिका श्रेष्ठले ताज लगाइदिएका थिए ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्